खगराज भट्ट डडेल्धुराबाट प्रदेश र प्रतिनिधिसभा दुबैतर्फ सिफारिस

खगराज भट्ट डडेल्धुराबाट प्रदेश र प्रतिनिधिसभा दुबैतर्फ सिफारिस

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २४ ११:५९ बजे
खगराज भट्ट

काठमाडौं । आगामी मंसिरमा हुने निर्वाचनको लागि नेकपा मओवादी केन्द्रका नेता खगराज भट्टको नाम डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य दुबैमा सिफारिस  भएको छ ।  डडेल्धुराको प्रतिनिधिसभा र प्रदेश निर्वाचन क्षेत्र क मा उम्मेदवार बन्नका लागि उनको नाम सिफारिस भएको हो । 

नेकपा माओवादी केन्द्रको जिल्ला कार्य कमिटीले भट्ट लगायत प्रदेश क्षेत्र क र ख मा उम्मेदवारका दावेदारहरुको नाम प्रदेश कमिटिलाई सिफारिस गरेको हो ।  

गठबन्धन भएको खण्डमा भट्ट प्रदेश क्षेत्र क बाट चुनाव लड्ने र यदी गठबन्धन नभएको खण्डमा प्रतिनिधिसभा सदस्यमा चुनाव लड्ने दाउमा माओवादी केन्द्रले नेता भट्टको नाम दुईतर्फ सिफारिस गरीएको हो ।

२०७९ भदौ २४ ११:५९ बजे

प्रतिक्रिया