गठबन्धन सरकारले चुच्चे नक्सा गायब गर्यो : ईश्वर पोखरेल

गठबन्धन सरकारले चुच्चे नक्सा गायब गर्यो : ईश्वर पोखरेल

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २४ ११:४९ बजे
ईश्वर पोखरेल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारले चुच्चे नक्सा गायब बनाएको आरोप लगाएका छन्।  शुक्रबार काठमाडौंमा नव निर्मित चुनदेवी ज्येष्ठ नागरिक सत्तल तथा बाल उद्यानको उद्घाटन कार्यक्रमलाई  बोल्दै पोखरेलले यस्तो बताएका हुन् ।

दलको साँधसीमा राखेर राष्ट्रिय स्वाभिमान माथि आघात पुर्‍याउने काममा गठबन्धन गरिरहेको उनको आरोप रहेको छ । पोखरेलले केही दिनअघि प्रधानमन्त्रीको फोटो टाँसेर सय दिनको कामहरु भन्ने उल्लेख गरिएको पुस्तिकामा चुच्चे नक्सा गायब बनाइएको बताए हुन् । वर्तमान सरकारले ठूलाठूला देशभक्ति र स्वाभिमानको कुरा मात्रै गरेको तर चुच्चे नक्साको बारेमा कुनै वाक्य नबोलेको उनको आरोप रहेको छ ।

उनले अहिलेको गठबन्धन सरकारले सीमा पारीबाट विवाह गरेर ल्याएको भोलिपल्ट नै नागरिकता दिने र अर्को दिन जननिर्वाचित प्रतिनिधि बनाउने किसिमले नागरिकता विधेयक ल्याएको आरोप  समेत लगाएका छन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले नेकपा एमालेले केपी ओलीको नेतृत्वमा पुनः सरकार बनाउने दाबी गरे ।

२०७९ भदौ २४ ११:४९ बजे

प्रतिक्रिया