सतारुढ गठबन्धनले सिट बाँडफाँट आज टुङ्ग्याउने

सतारुढ गठबन्धनले सिट बाँडफाँट आज टुङ्ग्याउने

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २४ ११:३५ बजे

काठमाडौं । सतारुढ दलहरु बिच सिट बाँडफाँट टुङगो आज लाग्ने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट बाँडफाँट आजै टुंग्याउने  जनाएका हुन् । त्यसका लागि आज अपराह्न तीन बजेदेखि शीर्ष नेताहरुले छलफल गर्ने उनले  बताएका छन् । 

पोखरा विमानस्थलमा आज बिहान आयोजित पत्रकार भेटघाटमा प्रचण्डले तीन बजेदेखि टुंगाउने गरि आज छलफल गरीने बताएका  हुन् । नेताहरुको अरु तिर कार्यक्रम नभएको भए हिजै टुंगिने अवस्था रहको  बताउदै उनले भने , तालमेलका लागि अलि समस्या भएको केही पनि छैन । तालमेलमा हामीले समझदारी बनाएर नै जान्छौं ।  

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धन गर्ने निर्णय गत साउन तेस्रो साता नै गरे पनि गठबन्धनका घटकहरुबीच सिट बाँडफाँट टुंगो लागेको छैन ।





संविधानको रक्षाको लागि गठबन्धन बनाइएको भन्दै प्रचण्डले त्यसको आवश्यकता अहिले पनि रहेको बताए ।



२०७९ भदौ २४ ११:३५ बजे

प्रतिक्रिया