१० दिनभित्र बहाल कर तिर्न रत्नराज्य लक्ष्मी क्याम्पसलाई काठमाडौं महानगरकाे पत्र

१० दिनभित्र बहाल कर तिर्न रत्नराज्य लक्ष्मी क्याम्पसलाई काठमाडौं महानगकाे पत्र

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २३ १७:०७ बजे
rr campus

काठमाडौं । काठमाडौं महानगरपालिकाले रत्नराज्य लक्ष्मी क्याम्पसलाई लगायतका निकायलाई १० दिनभित्र बहाल कर बुझाउ परिपत्र गरेको छ । नेपाली सेना र नेपाल प्रहरीले आफ्ना क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएको भन्दै महानगरपालिकाले त्यसबापतको बहाल कर बुझाउन आग्रह गरेको हो ।

महानगरले १० दिन भित्र वहाल कर तिर्न आग्रह गरेको हो । अन्यथा महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह असुल उपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने बताएको छ । 

काठमाडौं महानगरपालिकाले नेपाली सेनाको मुख्यालय, प्रहरी प्रधान कार्यालय नक्सालका साथै समाज कल्याण परिषद लैनचौर, शंकरदेव क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती क्याम्पस र नेपाल कमर्स क्याम्पसलाई पनि बहालकर तिर्न पत्राचार गरेको छ ।

२०७९ भदौ २३ १७:०७ बजे

प्रतिक्रिया