पछिल्लो २४ घण्टामा २२७ कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा २२७ कोरोना संक्रमण पुष्टि

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २३ १६:४६ बजे
कोरोना संक्रमण

 काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा  २२७ कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४०१ नमुना परीक्षणमा २२७ जनामा कोरोना भेटीएको हो ।

१ हजार ५१८ पीसीआर परीक्षणमा १३७ र २ हजार ८८३ एन्टिजेन परीक्षणमा ९० जनामा पोजिटिभ देखिएको हो ।

 मन्त्रालयका  अनुसार २४ घण्टामा १६८ जनामा निको भएका छन् भने सोही अवधिमा १ जनाले ज्यान गुमाएका छन् । बिहीबारसम्म सक्रिय संक्रमित २ हजार ४७३ रहेका छन् ।२४ घण्टामा १ लाख ४३ हजार ५९५ ले खोप लगाएका छन् ।

२०७९ भदौ २३ १६:४६ बजे

प्रतिक्रिया