९० दिनभित्र घरको र ३५ दिनभित्र पर्खालको नक्सा पास गर्न काठमाडौं महानगरको सुचना

९० दिनभित्र घरको र ३५ दिनभित्र पर्खालको नक्सा पास गर्न काठमाडौं महानगरको सुचना

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २३ १६:४४ बजे
kathamandu

काठमाडौं । काठमाडौं महानरले ९० दिनभित्र घरको र ३५ दिनभित्र पर्खालको नक्सा पास गर्न सूचना सिनकालेको छ ।  अन्यथा कार्वाही गरीने भन्दै  काठमाडौं महानगरले सुचना निकालोको हा ।  

सूचना प्रकाशित गर्दै महानगरले प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड अनुरुप निर्माण भएका तर नक्सा पास नगरिएका भवनहरुलाई १ वर्ष भित्रमा नक्सा पास गर्न आह्वान गरेको छ  ।  त्यस्तै, महानगरको क्षेत्रभित्र निर्माण भएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको समेत नक्सा पास नगरी बनाएका र मापदण्ड अनुकुल रहेको भवनहरुलाई अबको ९० दिन भित्रमा नक्सा पेस गर्न  सुचना जारी गरेको छ । अन्यथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड, संहिता र कार्यविधि र कार्यालयको निर्णयअनुसार कारवाही गरिने महानगरले जनाएको छ ।

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्डले तोके बमोजिम जुनसुकै प्रकृतिका घर जग्गा घेर्न निर्माण गरिने सीमा पर्खालको नक्सा पेस गरी प्रचलित कानून बमोजिम नक्सा पास भएपछि सो नक्सा बमोजिम मात्र सीमा पर्खाल निर्माण गर्न अनुरोध गरिएको छ ।  यस सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र भवन निर्माण सम्बन्धी प्रचलित मापदण्ड अनुकुल भएका तर नक्सा पास नगरी निर्माण गरिएका सीमा पर्खालको नियमित गर्ने प्रयोजनार्थ नक्सा पेस गर्न तथा ३५ दिनभित्र प्रचलित भवन निर्माण मापदण्ड विपरीत बनाइएका सीमा पर्खाल हटाउन महानगरले पत्राचार गरेको छ । 

निर्धारित समयभित्र नियमित हुने प्रकृतिका सीमा पर्खालको हकमा नक्सा पेस नगरेमा र मापदण्ड विपरीतका सीमा पर्खाल नहटाइएमा महानगर कार्यालयबाट टोली खटी आई त्यस्ता सीमा पर्खाल हटाइने छ । सीमा पर्खाल हटाउँदा लागेको खर्च समेत सरकारी बाँकी सरह सम्बन्धित घर जग्गा धनीबाटै असुल उपर गरिने महानगरले  जनाएको छ ।

२०७९ भदौ २३ १६:४४ बजे

प्रतिक्रिया