अहिले पनि संघर्षमै छौं : प्रचण्ड

अहिले पनि संघर्षमै छौं : प्रचण्ड

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २३ १५:५५ बजे

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रिया वादीविरुद्ध अन्तिम अवस्थासम्म संघर्ष गरिरहने बताएका छन् । २४ औं सुरेश वाग्ले (बासु) स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा  उनले अहिले पनि आफू भिन्न रुपले संघर्षमै रहेको बताएका छन् । 

 उनले भने, ‘म भिन्न रुपमा संघर्षमै छु, हुनसक्छ अर्को परिस्थिति बन्यो भने अर्कै रुपमा सङ्घर्षमा बढिराख्ने हुन्छ। यो वर्गयुद्ध हो जारी छ ।’ उनले अहिले कसले जित्छ भन्ने कुराको अन्तिम फैसला भइनसकेको भन्दै संघर्षप्रति प्रतिवद्धता जनाउनु नै बासु वाग्लेप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए । 

२०७९ भदौ २३ १५:५५ बजे

प्रतिक्रिया