सुदूरपश्चिममा डेङ्गु सङ्क्रमण फैलदैं

सुदूरपश्चिममा डेङ्गु सङ्क्रमण फैलदैं

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २३ १५:२६ बजे
डेङ्गु

काठमाडौं । जेठ महिनायता सुदूरपश्चिमका  विभिन्न जिल्लाहरूमा डेङ्गु रोगको सङ्क्रमण  देखिएका छन् ।  सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गत जेठयता सुदूरपश्चिममा प्रादेशिक र जिल्ला अस्पतालमा मात्रै एक सय ६१ जनामा डेङ्गुको सङ्क्रमण भेटीएको हो । 

डेङ्गुको सङ्क्रमण पहाडसँगै तराईका जिल्लामा सबैतिर देखिन थालेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कार्यक्रम सम्पर्क व्यक्ति हेमराज जोशीले बताएका छन् । इवारस् रिपोर्टिङ विधिबाट जिल्ला अस्पतालसम्मको तथ्याङ्क सङ्कलन हुने गरेको छ । पालिका र प्राथमिक स्वास्थ्य केन्द्र स्तरसम्मको डेङ्गु रोगको बिरामीको तथ्याङ्क अझ बढी रहे पनि एकिन नभएको जोशीले बताएका छन् ।

त्यसैगरी सुदूरपश्चिम प्रदेश सरकार र स्वास्थ्य निर्देशनालयले डेङ्गु सङ्क्रमण नियन्त्रणमा खटिएका चिकित्सकसहित कर्मचारीलाई आवश्यक प्रशिक्षण दिनुका साथै जाँचका लागि किट उपलब्धलगायतका कार्य गरिरहेको छ ।

सङ्घको सशर्त अनुदानअनुसार डेङ्गु को लार्भा नष्ट गर्न पालिका स्तरमा बजेट आएको जोशीले बताए । विभिन्न पालिकाले सो अभियान सञ्चालन गरिरहेका छन् ।

 कुन-कुन जिल्लाका कति-कति

निर्देशनालयको तथ्याङ्कअनुसार कैलालीमा ४१, कञ्चनपुरमा ३२, डोटीमा १४, अछाममा सात, डडेलधुरा र बैतडीमा नौ–नौ, दार्चुलामा ३३, बझाङ र बाजुरामा आठ–आठ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

निर्देशनालयका अनुसार डेङ्गु  सङ्क्रमण नियन्त्रणका लागि नागरिकहरू पनि स्वयं जिम्मेवार हुनुपर्ने छ । “असोज अन्तिमपछि सङ्क्रमण कम हुँदै जान्छ”, उनले भने, “लामखुट्टे नष्ट गर्ने अभियान संचालन गर्नुपर्छ ।”

२०७९ भदौ २३ १५:२६ बजे

प्रतिक्रिया