दार्चुला प्रदेश सभा (ख) मा सर्वसम्मतले चयन भएका राम दत्त जोशीको चर्चा

दार्चुलामा प्रदेश सभा (ख) बाट सर्वसम्मतले चयन भएका राम दत्त जोशीको चर्चा

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २३ १५:१३ बजे
राम दत्त जोशी

काठमाडौं। मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमाले दार्चुला प्रदेश सभा (ख) बाट राम दत्त जोशी सर्वसम्मत चयन भएका छन् । प्रदेश सभामा एकल नाम सिफारिस भएपछि प्रदेश सभामा जोशीको नै चर्चा हुन थालेको छ । जोशीले आगामी निर्वाचनमा जित्ने पक्कापक्की भएको र उनले निर्वाचनमा गतिविधिलाई तिव्र रुपमा अगाडि बढाएका  राजेन्द्र प्रसाद जोशीले बताएका छन् । 

जोशीलाई सबैले आफ्नो अमूल्य मत हालिदिन आग्रह गरिएको छ । राजेन्द्र प्रसाद जोशीले भने, ‘प्रदेश सभाको लागी छनौट हाम्रो नेतृत्व अरु पार्टी भन्दा राजनितिक हिसाबले अब्बल उचित र परिपक्क छ। हरेक चुनौतीपूणर् घडीमा पनि आफू लाई स्पात झै उभ्याई राख्ने निडर र अविछिन्न व्यक्तित्व हुन्।’

जोशीले थपे, ‘पञ्चायत काल देखि राजनीतिक चेत बोकेर समाजिक परिवर्तन विभेद रहित समाज अन्याय पूणर् राजनीतिक व्यवहारको विरुद्ध लड्ने जुझारु पन उनको विशेषता हो। राजनीतिक घटना क्रमको व्याख्या विश्लेषण गर्ने हो भने द्वन्द्वकालको एक्लो एमाले र आतङ्कवादको विरुद्ध ज्यानको प्रवाह नगरी आफू लाई पार्टीको नेता स्थापित गर्ने र त्यो भुमरीमा भिड्ने एक्लो साहस गर्ने नेतृत्व हाम्रो माझमा छ।’

प्रदेश सभाका लागि सिफारिस राम दत्त जोशी पार्टीका आन्तरिक जीवनका कुरामा जहिले पनि नेताहरूलाई एकताको शत्रुमा बाधेर लैजाने व्यक्तित्वका रुपमा परिचित रहेका छन् । जोशी पार्टी भित्र गुटबन्दी सृजना हुनुहुँदैन भन्ने मान्यता राख्ने एक निडर नेतृत्वको छवि बनाएका व्यक्ति हुन् । जोशी  ज्यादतीका विरुद्ध गुमराहमा राख्न दिनु हुन्न जनताको समस्याको पक्षमा बोल्नै पर्छ साहसी एक पटक मर्छ कायर हजारौं पटक मर्छ अत्याचारको सिमा तोड्दै जाने हो स्वतन्त्र ढङ्गले यहाँको राजनीतिक अवस्था लाई बिधिवत रुपमा पार्टीहरू को अस्तित्व स्थापित गर्नु पर्छ भनेर चुनौती दिने नेता नेकपा एमाले दार्चुला जिल्ला नेता राम दत्त जोशी हुन् ।

जोशीको शालिनता निडर र जनताको सेवा तल्लिन र जनताको सेवामा समर्पित भएकै कारण कारण जनताले उनलाई नै निर्वाचित गर्नेमा जोशीले विश्वास व्यक्त गरे।  जोशीले भने बदलिँदो परिस्थितिको नया अपेक्षा न्याय,मुक्ति र समानताको नागरिक जीवन बितोस भन्ने हाम्रो चाहना आफ्नो भएकाले फेरिपनि अनेक घेराबन्दीको विरुद्ध लड्न र सजक हुन दार्चुला बासीमा अपील गरे। 

निर्वाचन नजिकिदै गर्दा गाउँघरमा काठमाडौंमा बसेको बेमौसमी नेताहरू आउन थालेकाले स्थानियहरुलाई कुनै प्रलोभनमा नपरी असल नेता छान्न जोशीले अनुरोध गरे । सिफारिस भएका जोशी नेकपा एमालेका संस्थापक नेता तथा र्दाचुला जिल्ला अध्यक्ष पनि हुन् । र्दाचुलामा प्रदेश सभाका लागि दुई वटा क्षेत्र रहेका छन् ।

२०७९ भदौ २३ १५:१३ बजे

प्रतिक्रिया