माओवादीका कपिलवस्तु इन्चार्ज भन्छन्ः महंगो चुनाव लड्न सक्दैन, मेरो नाम सिफरिस नगरिदिनुस्

माओवादीका कपिलवस्तु इन्चार्ज भन्छन्ः महंगो चुनाव लड्न सक्दैन, मेरो नाम सिफरिस नगरिदिनुस्

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २३ १३:११ बजे
नेकपा माओवादी केन्द्र

काठमाडौं। आगामी प्रदेश र प्रतिनिधिसभानिर्वाचनका लागि निर्वाचन आयोग र दलहरुले समेत चुनावी अभियानलाई तिब्र पारेका छन्। अहिले राजनीतिक दलका क्षेत्रीय कमिटीहरुले उम्मेदवारको नाम सिफरिस गर्ने क्रम तीब्र पारिएको छ।

नेताहरुले नाम सिफरिसमा पार्न र आगामी निर्वाचनमा टिकट पाउने मरिहत्ते गरिहेका छन्। धेरै नेताहरुको नाम त ५ भन्दा बढि क्षेत्रबाट समेत सिफरिस भएको छ तरपनि पुगेको छैन।

तर नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कपिलबस्तुका जिल्ला ईन्चार्ज कमल चुँँदालीले अहिलेको निर्वाचन प्रणालीबाट लड्न् नसमिने बताउदै चुनावमा उठ्ने आर्थिक स्थिति नभएको बताएका छन्।

वास्तविक रुपमा राजनीति गर्नेहरु अहिलेको निर्वाचन प्रणालीबाट लड्न नसक्ने उनको भनाइ छ । उनले आफ्नो नाम कुनै पनि ठाउँमा सिफारिस नगर्न आग्रहसमेत गरेका छन् ।

माओवादीले बुधबारमात्र चुँँदालीको नाम प्रतिनिधिसभा क्षेत्र नं १ को प्रत्यक्षतर्फ सिफारिस गरेको छ । अहिलेको निर्वाचन प्रणाली आफ्नो क्षमताभन्दा बाहिर गएको भन्दै चुँदालीले समानुपातिकतर्फ पनि नाम सिफारिस नगर्न आग्रह गरेका हुन्।

बिहीबार सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष चुँदालीले यो निर्वाचन प्रणालीमा आफ्ना लागि चुनावमा उठ्नु असम्भव कुरा भएको तर्क गर्दै यो प्रणालीमा सुधार नआएसम्म चुनावमा भागै नलिने बताए।

उनले लेखेका छन्, ‘चुनाव आयो चहलपहल बढ्दैछ ! सिफारिसको अनुहार प्रति सबैको ध्यानाकषिर्त भइरहेको छ १ मैले दसौंला जोडेर मेरो भनाइ दोहोर्‍याएर राख्दछु , चुनावमा उठ्ने आर्थिक सामर्थ्य म राख्दैन कि यो महँगो निर्वाचन प्रणाली ठेगानमा नआउन्जेल चुनाव मेरोलागी असम्भव छ । सरी भन्दछु मेरो नाम प्रत्यक्ष वा समानुपातिक उम्मेद्बारीमा सिपारिस नगरिदिनुहुन पार्टी पङ्तिमा हार्दिक अनुरोध गर्दछु । सद्भावनामा कृतज्ञता जनाउछु !’

२०७९ भदौ २३ १३:११ बजे

प्रतिक्रिया