बालुवाटारमा कार्यदलको बैठक जारी, सिट बाँडफाँटमा जुट्ला सहमति ?

बालुवाटारमा कार्यदलको बैठक जारी, सिट बाँडफाँटमा जुट्ला सहमति ?

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २३ १३:०७ बजे

काठमाडौं  । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । केही घण्टादेखि कार्यदलको बैठक जारी छ । 

बुधबार बसेको बैठक सहमतिको नजिक पुगेको र त्यसलाई अन्तिम रूप दिन आज पनि बैठक बसेको हो । आज कार्यदलले सिट बाँडफाँटसहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाउने तयारी गरेको छ । 

१६५ निर्वाचन क्षेत्रमध्ये  गठबन्धनका दलहरूले २ सय भन्दा बढि क्षेत्रमा दाबी गरेपछि कार्यदललाई सहमति निकाल्न सकस परेको छ । जसमा नेपाली कांग्रेसले सय, माओवादी केनद्रले ६०, नेकपा एकीकृत समाजवादी र जसपाले २५र२५ सिट दावी गर्दै आएका छन् ।  

गठबन्धनमा २० साउनमै सिट बाँडफाँटबारे छलफल गर्न कार्यदल बनेको थियो । तर अहिलेसम्म सहमति भने जुटेको छैन । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, सन्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रमेश हमाल, जसपाबाट रकम चेम्जोङ र रामसहायप्रसाद यादव तथा जनमोर्चाबाट हिमाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

२०७९ भदौ २३ १३:०७ बजे

प्रतिक्रिया