'सिट भागबण्डामा कुरा मिलेन भने जसपा एक्लै चुनाव लड्छ'

'सिट भागबण्डामा कुरा मिलेन भने जसपा एक्लै चुनाव लड्छ'

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २२ १७:०२ बजे
उपेन्द्र यादव

 काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले गठबन्धनमा उपेक्षा गरिए जसपा एक्लै चुनाव लड्ने बताएका छन् । 

वीरगन्जमा बुधबार जसपाको अगुवा कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै  यादवले गठबन्धनको बैठकमा सिट बाँडफाँटको छलफल हुँदा जसपालाई उपेक्षा गरिएको जस्तो महशुस हुन्छ , यदि साँच्चै उपेक्षा गरियो भने जसपा एक्लै चुनाव लड्न तयार रहेको बताएका छन् । 

यादवले जसपाको हैसियतअनुसार सिट बाँडफाँट नगरिए एक्लै चुनाव लड्ने उद्घोष गर्दै सोहि अनुसार सबैलाई तयारी थाल्ने निर्देशन गरेका छन् । 

 उनले भने,‘ प्रतिगमनकारी शक्तिहरु फेरि पनि सल्बलाउन खोजी रहेका छन् , त्यसैले उनीहरुले फेरि टाउको नउठाउन भनेर अहिलेको गठबन्धनलाई निरन्तरता दिनु आजको आवश्यकता हो । ' 

 


२०७९ भदौ २२ १७:०२ बजे

प्रतिक्रिया