पछिल्लो २४ घण्टामा २३० जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा २३० जनामा कोरोना संक्रमण पुष्टि

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २२ १६:५० बजे
कोरोना संक्रमण

काठमाडौं । नेपालमा  पछिल्लो २४ घण्टामा थप  २३० जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९५६ पीसीआर तथा १ हजार ८८० एन्टिजेन परीक्षण गर्दा २३० जनामा कोरोना संक्रमण भेटीएको हो । 

मन्त्रलयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ७ पुगेको छ।

बुधबार ७८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २ हजार ५०५ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

२०७९ भदौ २२ १६:५० बजे

प्रतिक्रिया