जङ्गली हात्तीले महोत्तरीमा पाँच घर भत्कायो

जङ्गली हात्तीले महोत्तरीमा पाँच घर भत्कायो

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २२ १४:३८ बजे
जङ्गली हात्ती

काठमाडौं । महोत्तरीमा जङ्गली हात्तीले घर भत्काएको छ ।  हात्तीले महोत्तरीको बर्दिबास नगरपालिकाभित्र  पर्ने पाँच घर भत्काएको हो । हात्तीले बर्दिबास –८ मा चार र वडा नं १० मा एक घर भत्काएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले  बताएका छन् । 

 रातको समयमा जङ्गलबाट आएका हात्तीको झुन्डले जितबहादुर योञ्जन, सोमबहादुर तामाङ, बुद्धिमान सिग्देल र जयकिसुन महतोको घर भत्काएको उनले बताएका छन् । अँध्यारोको बेला अचानक आएका हात्तीले एकाएक घर भत्काउन थालेपछि गाउँभरी हो–हल्ला भएको र घरधनीहरूले घर छाडेर भागेका थिए ।

हात्तीको उपद्रवबाट घरभित्रका सबैथोक नष्ट भएको छ । हात्तीको आक्रमणबाट मानवीय क्षति भएको छैन् ।  

२०७९ भदौ २२ १४:३८ बजे

प्रतिक्रिया