महानगरले गर्यो इन्द्रजात्रा हेर्न विभिन्न १८ देशका नगर प्रमुखलाई निम्तो

महानगरले गर्यो इन्द्रजात्रा हेर्न विभिन्न १८ देशका नगर प्रमुखलाई निम्तो

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २२ १४:३० बजे
इन्द्रजात्रा

काठमाडौं । काठमाडौं महानगरपालिकाले इन्द्रजात्राका अवसरमा भगिनी सम्बन्ध भएका विभिन्न देशका १८ नगर प्रमुखलाई जात्रा हेर्न निम्तो  गरेको छ । 

 कुन कुन देशका  नगर प्रमुख लाई निम्ता गरीयो

इन्द्रजात्राका सन्दर्भमा बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले चीन, जापान, अमेरिका, दक्षिण कोरिया, भारत लगायतका देशका भगिनी नगरहरुलाई जात्रा हेर्न निम्तो गरिएको जानकारी दिएको हो । उपप्रमुख सुनिता डंगोलले इन्द्रजात्राका लागि भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरूलाई निम्तो दिइसकेको बताइन्  । काठमाडौं महानगरपालिकाले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्नुपर्ने उनको भनाइ  रहेको छ । 

पर्यटन भित्राउन सहज हुने विश्वास

नगर प्रमुख बालेन्द्र साहले नेपालमा आएका नगरप्रमुखले आफ्नो देशमा फर्किपछि नेपालको संस्कृतिको प्रचार हुने भएकाले बिदेशी पाहुनालाई बोलाइएको बताएका छन् । उनले देशकै महत्वपूर्ण जात्रालाई भव्य रुपमा मनाइने भन्दै सम्पदा र संस्कृतिको जर्गेना गर्नसक्ने सांस्कृतिक पर्यटन भित्राउन सहज हुने विश्वास व्यक्त गरे।

बुधबार हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठडयाइएपछि प्रारम्भ भएको जात्रा रथयात्रा र देवदेवताको पूजाआजा गरी मनाइन्छ । 

२०७९ भदौ २२ १४:३० बजे

प्रतिक्रिया