देशको दुर्गति के कति कारणले भएको हो त्यो पहिल्याउन आवश्यक छ : देउवा

देशको दुर्गति के कति कारणले भएको हो त्यो पहिल्याउन आवश्यक छ : देउवा

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २२ १४:११ बजे
शेरबहादुर देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले  देशको दुर्गति के कति कारणले भएको हो त्यो पहिल्याउन आवश्यक रहेको बताएका छन् । प्रधानमन्त्री  देउवाले कर्मचारीको सहयोग विना देशको विकास हुन नसक्ने बताएका छन् ।

बुधबार निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई गर्दै  प्रधानमन्त्री देउवाले कर्मचारीको सहयोग विना देशको विकास हुन नसक्ने  बताएका हुन्। उनले देश किन विकसित हुन सकेन भन्नेबारे व्यापक छलफल हुन जरुरी रहेको बताए। 

कर्मचारीहरू दुर्गम क्षेत्रमा जान नचाहने कारण पनि काम अघि बढ्न नसकेको उनले बताएका छन् ।  स्थानीय, प्रदेश र केन्द्रीय कर्मचारीतन्त्र रहेको बेलामा समेत देश विकास हुन नसकेको देउवाको गुनासो रहेको छ । 

उनले अहिले देशमा पैसा नभएको र विदेशिहरुबाट पैसा मागेर देश चलाउनुपर्ने अवस्था भएकोले कर्मचारीहरूले राम्रोसँग काम गरे देशको विकास छिटै हुने बताए । प्रधानमन्त्री देउवाले सबै ठाउँमा जिम्मेवार भएर काम गर्न कर्मचारीलाई निर्देशन दिए। उनले देश विकासका लागि काम गर्न कर्मचारीलाई चाहिने सुविधा दिन सरकार  तयार रहेको बताएका छन् । 

२०७९ भदौ २२ १४:११ बजे

प्रतिक्रिया