काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेकपा एमालेभित्र उम्मेद्वार सिफारिसमा कुनै समस्या नभएको बताएका छन् ।
मंगलबार नयाँ बानेश्वरस्थित संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले कुनै पनि स्थानमा विवाद नभएको बताएका हुन् ।
उनले एमालेमा विगतमा मतदान गरेर उम्मेदवार सिफारिस हुने भए पनि यो पटक तीन जना भन्दा बढीले इच्छा व्यक्त गरे पनि सिफारिस भइरहेको बताए।
तीन जना भन्दा बढी नाम सिफारिस भएर आए पनि सबैभन्दा बढी सम्भावित उम्मेद्वार भनेर प्रदेश कमिटिको सिफारिसको आधारमा सचिवालयले छनोट गर्ने उनले बताएका छन् । पाण्डेले राष्ट्रिय सभाका सदस्यलाई टिकट नदिने निर्णय गरेकाले कुनै विशेष अवस्थामा मात्रै निर्णय हुनसक्ने बताए।
उनले देशभर शीर्ष नेताहरुको मात्रै एकल नाम सिफारिस नभएको दाबी गरे।पाण्डेले पार्टीको सचिवालयले फाइलन गरेपछि मात्रै उम्मेद्वार टुंगो लाग्ने बताएका छन् ।
प्रतिक्रिया