विद्यार्थीलाई बाँधेर राखेको निसिनिहोन जापानी विद्यालय बन्द हुँदा पाँच सय नेपाली विद्यार्थी मर्कामा

विद्यार्थीलाई बाँधेर राखेको निसिनिहोन जापानी विद्यालय बन्द हुँदा पाँच सय नेपाली विद्यार्थी मर्कामा

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २२ १३:४८ बजे
Nishinihon International Education Institute

काठमाडौं । जापानमा विद्यार्थीलाई बाँधेर राखेको भन्दै जापानको  सरकारले एक भाषा विद्यालय बन्द गराउने भएको छ ।

जापानको फुकुओका सहरमा रहेको निसिनिहोन इन्टरनेसनल एजुकेसन एकेडेमी जापानी भाषा विद्यालयले आफ्ना विद्यार्थीहरूलाई साङ्लाले बाँधेर गैरकानुनी काम गरेको भन्दै सरकारले उक्त विद्यालयको सम्बधन गरेको हो । 

फुकुओकाको ठूलो र पुरानोमध्येको एक उक्त विद्यालयमा गत वर्ष अक्टोबरमा विद्यालयका कर्मचारीले २० वर्षका भियतनामी पुरुष विद्यार्थीलाई आफ्नो पेन्टको बेल्ट तथा फलामको साङ्लाले बाँधी थुनेर राखेको एवं भोलिपल्ट अन्य कर्मचारीहरूको निगरानीमा त्यसैगरी थुनेर राख्ने लगायतका मानव अधिकार उल्लंघन गरेको पुष्टि भएका कारण विद्यालय बन्द गर्ने निर्णय  गरीएको जनाइएको छ ।

५ सय नेपाली विद्यार्थी  प्रभावित 

अहिले उक्त विद्यालयमा कम्तीमा ५ सय नेपाली विद्यार्थी अध्ययन गरिरहेका छन् । प्राप्त जानकारीअनुसार विद्यालय बन्द गर्ने निर्णयले सो विद्यालयमा अध्ययरत नेपाली विद्यार्थीको भविष्यमा गम्भीर असर पर्ने जनाइएको छ।  

यसैबीच टोकियोस्थित नेपाली दूतवाससले सो विद्यालयको समाचार सुनेको र विद्यार्थीबारे आवश्यक कदम चालिने बताएकोछ । सम्बन्धित विद्यालयले भने यस विषयमा कुनै जानकारी दिएको छैन। नेपालबाट जापान ठुलो मात्रामा विद्यार्थीहरु जाने गर्दछन् । पछिल्लो  अवस्था नेपालबाट जापामा ठुलो संख्यामा नेपाली विद्यार्थी गएका छन् । 

२०७९ भदौ २२ १३:४८ बजे

प्रतिक्रिया