राष्ट्रिय सभाको चार वटै समितिमा सभापति सर्वसम्मत छानिँदै

राष्ट्रिय सभाको चार वटै समितिमा सभापति सर्वसम्मत छानिँदै

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २२ १३:३१ बजे
राष्ट्रिय सभा

काठमाडौं । राष्ट्रिय सभाको चार वटै विषयगत समितिमा सभापति सर्वसम्मतले छानिँदै  छ। विषयगत समितिको सभापति पदमा चार जनाको उम्मेदवारी रहेको छ ।

यि हुन्  दावी पेश गर्ने  

दीगो विकास तथा सुशासन समितिमा नेपाली कांग्रेसका प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा एकीकृत समाजवादीका बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा नेकपा माओवादी केन्द्रका मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा एमालेकी दिल कुमारी रावल पार्वतीको उम्मेदवारी परेको हो। 

चार जनाको नाममा  दलहरु विच हिमती जुटेको छ । राष्ट्रिय सभामा प्रतिपक्षी दलको हैसियतमा रहेको एमालेले पनि एउटा समितिको जिम्मा पाएको छ। समिति सभापति चयनका लागि आज ४ बजेसम्म मनोनयन दर्ताको समय छ। 

२०७९ भदौ २२ १३:३१ बजे

प्रतिक्रिया