के-के काम गरिन् उपमेयर सुनिता डंगोलले एक सय दिनमा

के-के काम गरिन् उपमेयर सुनिता डंगोलले एक सय दिनमा

bimbonline sunita dangol
२०७९ भदौ २२ १३:१४ बजे

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले  आफूले सय दिनमा गरेका कामहरु सार्वजनिक गरेकी छन् । उपमेयर डंगोलले  एक सय दिनमा गरेका १५ काम र सुरुवात गरेका १० योजना सार्वजनिक गरेकी हुन् ।  

यसबीचमा पुराना २ सय ४४ वटा विवादमा न्यायिक सुनुवाई भएको र  ५१ वटा विवाद निरुपण भएको उनले बताएकी छन् । महानगरपालिकाका बासिन्दासँग प्रत्यक्ष अन्तरक्रिया गरी सुझाव लिने तथा समस्या बुझ्ने काम गरेको उनले बताएकी छन् । फोहोर व्यवस्थापनका लागि सकारात्मक पहल सुरु भएको, वडा स्तरीय महिला सेल गठन भएको, शिक्षा क्षेत्रमा सुधारको प्रयास भएको, इन्द्रजात्रालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्न पहल गरेको, नेपाल भाषाको डिजिटल शब्दकोश निर्माण सुरु गरेको, सम्पदा संरक्षण, पुनर्निर्माण र अनुगमन कार्यलाई प्राथमिकता दिएको उनले बताएकी छन् । 

उपमेयर डंगोलले  करको दायरा वृद्धि गरी वैज्ञानिक कर निर्धारण विधिलाई आत्मसाथ गर्न राजस्व परामर्श समितिबाट नगरसभाको निर्णय वमोजिम सहजीकरण भइरहेको, सबै मेलमिलाप केन्द्रको स्तरीकरण गरी वडा तहमै विवाद समाधान गर्नका लागि प्रयासहरू थालनी गरिएको, सूचना प्रविधिको माध्यमबाट न्याय सम्पादनलाई छिटो, छरितो र प्रभावकारी बनाउनेतर्फ कारबाही अघि बढेको लगायतका योजनाबारे पनि जानकारी दिइन् । 

२०७९ भदौ २२ १३:१४ बजे

प्रतिक्रिया