१० दिनभित्र वडा कार्यालयमा कर बुझाउन काठमाडौं महानगरको १७ निकायलाई पत्राचार

१० दिनभित्र वडा कार्यालयमा कर बुझाउन काठमाडौं महानगरको १७ निकायलाई पत्राचार

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २१ १७:४१ बजे
kathamandu

काठमाडौं ।  काठमाडौं महानगरले खाद्य संस्थान, राष्ट्रिय नाचघर, कर्मचारी सञ्चय कोष, नेपाल विद्युत् प्राधिकरण, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल लगायतसँग कर बुझाउन पत्राचार गरेको छ ।

ह्वाईड फिल स्कुल, रञ्जना ट्रेड सेण्टर, साझा भण्डार, चेम्बर अफ कमर्स, नेशनल ट्रेडिङ लिमिटेड, नेपाली जामे मस्जिद, कृषि सामाग्री संस्थानलाई पनि सम्पत्ति कर बुझाउन  महानगरले पत्राचार गरेको हो।

महानगरले आरबी कम्प्लेक्स, काठमाडौं प्लाजा, नेपाल सेयर मार्केट, सिविक हस्पिटल र डेण्टल कलेजलाई कर बुझाउन  पत्राचार गरेको हो । 

पत्र प्राप्त भएको मितिले बढीमा १० दिनभित्र वडा कार्यालयमा नियमानुसारको कर र सो को जरिवाना पनि बुझाउन पत्राचार गरीएको छ । 


२०७९ भदौ २१ १७:४१ बजे

प्रतिक्रिया