थप ३ सय जनामा कोरोना सङ्क्रमण पुष्टि

थप ३ सय जनामा कोरोना सङ्क्रमण पुष्टि

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २१ १७:१५ बजे
कोरोना सङ्क्रमण

काठमाडौं । नेपालमा  पछिल्लो २४ घण्टामा थप ३०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५९० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १७७ तथा एन्टिजेन विधिबाट १२३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा थप १२४ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ४५७ पुगेको छ । त्यस्तै थप ३ लाख ५९ हजार ६५ जनाले कोरोना विरुद्धको खोप पनि लगाएका छन् ।



२०७९ भदौ २१ १७:१५ बजे

प्रतिक्रिया