प्रधानमन्त्री देउवा र भारतीय सेनाध्यक्ष पाण्डे बिच भेटवार्ता

प्रधानमन्त्री देउवा र भारतीय सेनाध्यक्ष पाण्डे बिच भेटवार्ता

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २१ १७:०७ बजे

काठमाडौं । नेपालको पाँच दिने भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डे र प्रधानमन्त्री शेरबहादुर देउवा विच भेटवार्ता भएको छ । सेनाध्यक्ष पाण्डे नेतृत्वको भारतीय टोलीले रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री देउवासँग  भेटवार्ता भइएको हो।

 नेपाली सेनाको मुख्यालयका अनुसार प्रधानमन्त्री देउवा र सेनाध्यक्ष पाण्डेबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भेटवार्ता भएको । पाण्डेले आजै पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम पनि रहेको छ ।

औपचारिक भ्रमणका क्रममा आइतबार नेपालमा आएका पाण्डे बिहीबार स्वदेश फर्कने छन् । 

२०७९ भदौ २१ १७:०७ बजे

प्रतिक्रिया