एमाले संसद्को कार्यकाल लम्ब्याउने प्रस्तावको विपक्षमा

एमाले संसद्को कार्यकाल लम्ब्याउने प्रस्तावको विपक्षमा

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २१ १६:४९ बजे
एमाले

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल नलम्ब्याउने प्रस्तावको विपक्षमा रहेको छ ।  नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मङ्गलवार प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथिको दफावार छलफलमा भाग लिँदै प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल लम्ब्याउने प्रयास नगर्न भन्दै सरकारलाई सचेत गराएका छन् ।

उनले त्यस ढङ्गले प्रतिनिधि सभाभित्र दुई खाले सांसद हुने अवस्था आउने गरी त्यो विधेयक अघि बढाए आफ्नो पार्टीलाई मान्य नहुने अडान राखेका छन् । प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरूको मनोनयन हुने दिन प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल सकिने भएकाले त्यही व्यवस्थामात्रै आफ्नो पार्टीलाई मान्य हुने  उनले बताएका छन् । 

प्रमुख सचेतक भट्टराईले एमालेसँग परामर्श गरेरै प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल बढाउने गरी विधेयक ल्याएको भनेर कानुनमन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले भनेकोमा आपत्ति जनाएका छन् । यसु विषयमा एमालेसँग कुनै सहमती नभएको  उनले बताका छन् । 

सरकारले ल्याएको  यो विधेयकको सरकारमा रहेकै सांसदहरुले पनि विरोध गर्दै आएका छन् ।  

२०७९ भदौ २१ १६:४९ बजे

प्रतिक्रिया