झन्डै ३० लाख बराबरको लागु औषधसहित १५ जना पक्राउ

झन्डै ३० लाख बराबरको लागु औषधसहित १५ जना पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २१ १६:०६ बजे
लागु औषध

काठमाडौं । लागु औषध नियन्त्रण ब्यूरोले अवैध लागु औषध खैरो हेरोइन, गाँजा र नियन्त्रित लागु औषध एम्पुलसहित १५ जनालाई पक्राउ गरेको छ ।  मंगलवार पत्रकार सम्मेलन गर्दै भदौ १६ गतेदेखि २० गतेको अवधिसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अवैध लागु औषध खैरो हिरोइन, लागु औषध गाँजा र नियन्त्रित लागु औषध एम्पुलको कारोबार गर्ने १५ जनालाई पक्राउ गरेको ब्युरोले जनाएको छ । 

उनीहरुको साथबाट खैरो हेरोइन २८७.५ ग्राम, नियन्त्रित लागु औषध ब्रुपेनोर्फिन, डाईजेपाम र फेनारगन गरेर २५२ एम्पल बरामद गरिएको हो । त्यसैगरी लागु औषधको बिक्री वितरणबाट प्राप्त १० लाख ६२ हजार एक सय रुपैयाँ पनि बरामद गरीएको प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले  बताएका छन् । 

त्यस्तै पार्सलको रुपमा अमेरिकाबाट आएको २ किलोग्राम गाँजा र हेरोइन जोख्न प्रयोग गरिने ४ वटा डिजिटल तराजु पनि बरामद गरिएको छ ।  पक्राउ परेकाहरुलाई काठमाडौं जिल्ला अदालतबाट लागु औषध ऐन अनुसार म्याद थप भएर अनुसन्धान थालिएको छ ।

उनीहरुको साथबाट १७ थान मोबाइल पनि बरामद गरिएको छ । बरामद भएको कुल लागु औषधको अवैध बजार मूल्य २९ लाख, ९९ हजार चार सय रुपैयाँ रहेको लागु औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

२०७९ भदौ २१ १६:०६ बजे

प्रतिक्रिया