पाल्पामा करेन्ट लागेर एकजनाको ज्यान गयो

पाल्पामा करेन्ट लागेर एकजनाको ज्यान गयो

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २१ १५:५२ बजे
death

काठमाडौं । पाल्पामा करेन्ट लागेर आज एकजनाको  ज्यान गएको हो । खोटाङ जिल्लाको जन्तेढुंगा गापा-३ का ३४ वर्षीय महेश राईको   करेन्ट लागेर न्यान गएको हो । 

तानसेन नगरपालिका-३ सिल्खानटोल निवासी झवीन्द्र देवकोटाको घर बनाउने क्रममा उनी आज बिहान साढे ८ बजे करेन्ट लागेर घाइते भएका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताएका छन् । 

गम्भीर घाइते राईको तानसेनस्थित युनाइटेड मिसन अस्पताल उपचारका क्रममा ज्यान गएको हो । 

मजदुरी गर्दै आएका उनी तानसेन-१ गैरागाउँ बस्दै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएका छ । 

२०७९ भदौ २१ १५:५२ बजे

प्रतिक्रिया