प्रधानन्यायाधीशको मानसिक स्वास्थ्यको परीक्षण गर्न सांसद गजेन्द्र महतकाे माग

प्रधानन्यायाधीशको मानसिक स्वास्थ्यको परीक्षण गर्न सांसद गजेन्द्र महतकाे माग

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २१ १५:२२ बजे
प्रधानन्यायाधीश

काठमाडौं ।   महाअभियोग सिफारिस समितिमा बयान दिइरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको मानसिक स्वास्थ्य परिक्षण गर्ने  माग उठेको छ । 

राणाले बयानका क्रममा असान्दर्भिक व्यक्ति र विषयलाई जोडेर अभिव्यक्ति दिएकाले उनको स्वास्थ्य स्थिति परीक्षण गर्न माओवादी  केन्द्रका सांसद गजेन्द्र महतले माग गरेका हुन्।

'प्रधानन्यायाधीश राणाले बयानका क्रममा असान्दर्भिक व्यक्तिलाई लान्छना लगाइरहेका छन्। उनको मानसिक अवस्था ठीक नभएकाले परीक्षण गराउन माग गर्दछु', उनले भने । 

२०७९ भदौ २१ १५:२२ बजे

प्रतिक्रिया