'सत्तारुढ गठबन्धनमा सिट बाँडफाँड पेचिलो बन्दै '

'सत्तारुढ गठबन्धनमा सिट बाँडफाँड पेचिलो बन्दै '

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २१ १५:०२ बजे
माधवकुमार नेपाल

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारूढ गठबन्धनभित्र प्रदेशसभा र प्रतिनिधिसभा सिट बाँडफाँड पेचिलो बन्दै गएको बताएका  छन् । 

नेपालले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेर जाने सत्तारूढ दलहरूबीच सहमति भए पनि सिट बाँडफाँडको विषय सम्भव हुन्छ वा हुन्न् भन्ने  प्रश्न उब्जेको बताएका छन् । 

पार्टी निकट नेपाल दलित मुक्ति संगठनको काठमाडौँमा मंगलबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा  उनले आफ्नो पार्टीले भने त्यसलाई सम्भव बनाएर  अघि बढ्ने  प्रयत्न  भइरहेको बताएका छन् । 

उनले भने, ‘अब हामी चुनावमा लाग्नु छ। चुनावका लागि नै संगठन बनाउनु छ। अव बस्तीबस्तीमा जाने हो। त्यसका निम्ति को उठ्योरु ठूलो कुरा होइन। अहिले हामीले भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न गर्‍यौँ। त्यसमा सवा नौ लाख जनताको समर्थन पनि हासिल गर्‍यौँ। अहिले हामी विभिन्न पार्टीहरूसँग चुनावको तालमेल गर्दै अगाडि बढिरहेका छौँ। यो तालमेल गर्दै अघि बढ्दै जाने क्रममा नै हामी सिटको बाँडफाँड गर्न चाहिरहेका छौँ। त्यो कति सम्भव छ, कति सम्भव छैन भन्ने बारेमा पनि प्रश्न उठेको छ। हामीले सम्भव तुल्याउन चाहिरहेका छौँ। त्यसो भएको हुनाले हामी तपाईंहरूबाट के आशा गर्छौँ भने सम्पूर्ण पार्टीका कार्यकर्ता साथीहरू, मुक्ति संगठनका हाम्रा सबै नेताहरू, केन्द्रीय सदस्यहरू, तपाईंहरूले प्रदेश कमिटी र जिल्ला कमिटी बनाउनु भएको छ भने उनीहरूलाई पनि परिचालन गर्ने काममा लाग्नुहोस्। र, नेपालको राजनीतिमा नेकपा एकीकृत समाजवादीको हैसियत र सामर्थ्य वृद्धि गर्नका लागि तपाईंहरू सम्पूर्ण रूपमा समर्पित हुनुहोस्।

२०७९ भदौ २१ १५:०२ बजे

प्रतिक्रिया