भ्रष्टाचारी ,खर्चिला र भड्किला उम्मेदवार बहिष्कार गर्न युवा सँघको अभियान

भ्रष्टाचारी ,खर्चिला र भड्किला उम्मेदवार बहिष्कार गर्न युवा सँघको अभियान

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २१ १२:१३ बजे
युवा सँघ

नवलपरासी । महाकाली नदिमा स्नान गरेर कन्चनपुर वाट शुरु भएको युवा संघ नेपालद्वारा आयोजित महाकालीमेची युवा जागरण अभियान पाँचौं दिन नवलपरासीको बर्दघाटमा सभा सम्पन्न भएको छ ।

सोमबार बिहान ७ बजेबाट सुनवल हुँदै अभियान नवलपरासीको बर्दघाट पुगेको छ ।अभियानमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालको सन्देश मूलक पर्चा समेत वितरण गरिएका हुन् ।

कार्यक्रममा युवा संघका नेताहरू प्रकाश भट्टराई, अशोक दाहाल र पार्टी नेताहरू यज्ञ खनाल, बृहस्पति अधिकारी लगायतले करिव ४ सय बढीको नेता कार्यकर्ता र जनता सहभागि रहेका थिए । टोली आजै दुम्किवास ,आरुङ खोला ,कावासोती ,दलदले हुँदै नारायणगढ पुग्ने कार्यक्रम रहेको युवा संघका उपमहासचिव तथा प्रचार विभाग प्रमुख सन्जिप राईले बताए।

भियानमा सांस्कृतिक कार्यक्रम नृत्य समेत प्रस्तुत गरिएको थियो । ‘राष्ट्र निर्माणमा युवा जनशक्ति परिचालन गरौँ, भ्रष्टाचारको जरो उखेलौँ’, भन्ने नाराका साथ अभियानको थालनी गरिएको छ।

जनतामा सकारात्मक सन्देश प्रवाह गर्दै राजनीतिप्रति उत्साह बढाउने, युवा पलायनलाई रोक्ने तथा भ्रष्टाचारविरुद्ध आवाज उठाउने र समाजवादी यात्रामा आम जनसमुदायलाई लामबद्ध हुन तथा भ्रष्टाचारी व्यभिचारी व्यक्तिहरूले चुनावमा रुपियाँको खोलो बगाएर चुनाव लाई खर्चिलो र भड्किलो बनाएको हुँदा यस्ता उम्मेदवारहरू लाई बहिष्कार गर्न र त्यागी ,इमान्दार , सिद्धान्तनिष्ट ,इमान्दारिता र नैतिकताको प्रतिस्पर्धा गर्ने भएका ले यस्ता उम्मेदवार लाई सहयोग गर्नु पर्ने सन्देश प्रवाहको लागि अभियान सुरु गरिएको युवा संघले जनाएको छ । ‘भ्रष्टाचार र अनियमितताको आधार, भड्किलो र खर्चिलो उम्मेदवार बहिष्कार’ भन्ने नाराका साथ युवा संघका अध्यक्ष नरेश शाहीले अभियानको नेतृत्व गरेका हुन् ।

भाद्र १५ गते महाकाली नदीमा स्नान गरेर सुरु गरिएको युवा जागरण अभियान भाद्र २३ गते मेची नदीमापुगेर टुंगिने युवा संघले जनाएको छ ।

२०७९ भदौ २१ १२:१३ बजे

प्रतिक्रिया