भारतीय सेनाध्यक्षद्वारा नेपाली सेनालाई सामग्री हस्तान्तरण

भारतीय सेनाध्यक्षद्वारा नेपाली सेनालाई सामग्री हस्तान्तरण

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २० १४:२९ बजे
हस्तान्तरण

काठमाडौं । नेपाल भ्रमणमा आएका भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई करिब २२ करोड मूल्य बराबरको सामान हस्तान्तरण गरेका छन् । उक्त सामाग्री सेनाध्यक्ष पाण्डेले प्रधान सेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेको सैनिक प्रवक्ता नारायण सिलवालले बताएका छन् । 

भारतीय सेनाले नेपाली सेनालाई ४ वटा घोडा र अन्य सामाग्री दिएको छ । दुई देशका बाइल्याटरल कन्सल्टिङ  ग्रुपमा छलफल भएपछि तय भएअनुसार भारतीय सेनाले मेडिकल सामग्री र इन्डियन हतियारको स्पेयर पार्टस नेपाली सेनालाई हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

भारतीय सेनाध्यक्षले हस्तान्तरण गरेको सामग्री ६० प्रतिशत अनुदानमा प्राप्त भएको हो । ४० प्रतिशत रकम नेपाल सरकारले भारत सरकारलाई दिनुपर्छ । सेनाप्रमुख नेपाल भ्रमणमा आएको मौकामा पाण्डेले सामग्री सांकेतिक हस्तान्तरण गरेका हुन् । बाँकी सामाग्री पछि आउने भएको छ । 

२०७९ भदौ २० १४:२९ बजे

प्रतिक्रिया