मौद्रिक नीति भोलि सार्वजनिक हुने

मौद्रिक नीति भोलि सार्वजनिक हुने

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ५ १९:४७ बजे
मौद्रिक नीति

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई मौद्रिक नीतिको ब्रिफिङ गर्नुभएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले साँझ ६ बजे बालुवाटारमा मौद्रिक नीतिको ब्रिफिङ गरिएको   जनाएका छन् ।

योसँगै अब शुक्रवार नै मौद्रिक नीति सार्वजनिक हुने भएको छ । गभर्नर महाप्रसाद अधिकारीले बिहीवार साँझ प्रधानमन्त्रीसमक्ष मौद्रिक नीतिको ब्रिफ गरेका कारण अब नीति ल्याउन शुक्रवार बिहान सञ्चालक समितिको बैठक बोलाएको छ ।

बिहीवार बिहान मौद्रिक नीतिबारे गभर्नरले बिफ्र गर्ने तयारी भए पनि प्रधानमन्त्रीको समय अभावका कारण साँझलाई सारिएको हो ।

नेपाल राष्ट्र बैंकले शुक्रवार बिहान ८ बजे सञ्चालक समितिको बैठक बोलाएको छ ।

२०७९ साउन ५ १९:४७ बजे

प्रतिक्रिया