मुगुमा रातो नम्बर प्लेटका गाडी प्रहरीको नियन्त्रणमा

मुगुमा रातो नम्बर प्लेटका गाढी प्रहरीको नियन्त्रणमा

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २० १२:५४ बजे
रातो नम्बर प्लेट

काठमाडौं ।  मुगुमा चल्दै आएका रातो नम्बर पेलेट  भएका गाडीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यातायात कार्यालयको नियमअनुसार रातो नम्बर प्लेट भएका गाडीहरू व्यक्तिगत र कुनै पनि कामको प्रयोग गर्दा रिर्जाभका लागि प्रयोजनमा सञ्चालन गरीने गाडीहरू मुगु जिल्लाको सदरमुकाम र बिभिन्न ग्रामीण बस्तीमा रहेका सडकमा कानुनविपरीत यात्रुहरू ओसार पोसार गर्दै आइरहेको  कारण जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालय मुगुले नियन्त्रणमा लिएको  जनाएको छ ।

रातो नम्बरको पेलिट भएको सवारी साधन जुन प्रयोगमा ल्याएको हो सोही प्रयोजनको लागी मात्र प्रयोग गर्ने र यात्रुहरू ओसारपोसार गरेको भेटिएको 

 नियन्त्रणमा लिई पहिलो पटक सामान्य जरिमाना गरिएको र पुनः यात्रुहरू भोकेको भेटीएकोमा कानुन वमोजिक कारवाही गर्ने जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी सुवास हमालले बताएका छन् । 

जिल्ला सदरमुकाम र बिभिन्न ग्रामीण सडकमा चल्दै आएका रातो प्लेट नम्बरका गाढी धनिहरूलाई जानकारी गरी सकेका छौं यात्रु ओसार पोसार गर्ने हो भर्ने आउँदो दसंैसम्म सबै गाडीहरू कालो प्लेट नम्बरको बनाउन लागाउर्ने र अनिमात्र यात्रु बोक्न लगाउने गरी पत्रचार भै रहेको छाँयानाथ यातायात प्राणालीका महासचिव नेताप्रसाद चौलागाईंले बताएका छन् । 

नियम बिपरीत चल्र्ने सवारी साधनलाई सवारी सन्चालन ऐन नियम कानुनबमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले बताएका छन् ।

२०७९ भदौ २० १२:५४ बजे

प्रतिक्रिया