सार्वजनिक ऋण ३० खर्व नाध्यो नेपाली जन्मदै ऋणी

वालेनको शासनअवधि तीन महिनामा ऋण दायित्व २७ अर्ब ४१ करोड ३८ लाख रुपैयाँ बढेको छ।

bimbonline बिम्ब अनलाइन
२०८३ कात्तिक १४ १५:२७ बजे

नेपालको सार्वजनिक ऋण ३० खर्ब नाघेको खुलाशा भएको छ । सरकारको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको एक बिवरणअनुसार चालु आबको गत असोज मसान्तसम्ममा कूल सार्वजनिक ऋण दायित्व ३० खर्ब ९ अर्ब ११ करोड ६६ लाख रुपैयाँ पुगेको देखिएको छ ।

यो कूल गार्हस्थ उत्पादन (जिडिपी) को तुलनामा ४५.५९ प्रतिशत हो । चालु आवको गत साउनमा सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रुपैयाँ रहेकोमा  वालेनको शासन अवधि तीन महिनामा ऋण दायित्व २७ अर्ब ४१ करोड ३८ लाख रुपैयाँ बढेको छ । सो कार्यालयका अनुसार यस अवधिमा विनिमय दरमा भएको परिवर्तनका कारण मात्र १८ अर्ब १६ करोड ४२ लाख रुपैयाँ बढेको छ ।

त्यसैगरी कूल ऋण दायित्वमा वैदेशिक ऋणको हिस्सा ५३.१३ प्रतिशत अर्थात् १५ खर्ब ९८ अर्ब ८० करोड छभने आन्तरिक ऋणको हिस्सा ४६.८७ प्रतिशत अर्थात् १४ खर्ब १० अर्ब ३१ करोड छ । कूल गार्हस्थ उत्पादनसँग तुलनागर्दा वैदेशिक ऋणको दायित्व २४.२२ प्रतिशत पुगेको छभने आन्तरिक ऋणको दायित्व २१.३७ प्रतिशत पुगेको छ ।

त्यसैगरी वैदेशिक ऋण गत साउन शुरुमा १६ खर्ब ६ अर्ब २८ करोड रहेकोमा असोजमा आउँदा १५ खर्ब ९८ अर्ब ८० करोड रुपैयाँ कायम भएको छ । सरकारले साँवा भुक्तानी गरेकाले ऋणमा कमी आएको हो । अर्कातिर आन्तरिक ऋण १३ खर्ब ७५ अर्ब ४१ करोड रुपैयाँबाट बढेर १४ खर्ब १० अर्ब ३१ करोड पुगेको छ ।

सरकारले चालु वर्ष ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालनगर्ने लक्ष्य राखेको छ । तीन महिनामा वार्षिक लक्ष्यको १८.७३ प्रतिशत अर्थात् १ खर्ब २३ अर्ब ३२ करोड रुपैयाँ ऋण परिचालन भएको छ । सरकारले यस वर्ष आन्तरिक ऋण ४ खर्ब १० करोड परिचालन गर्ने लक्ष्य लिएकामा असोजसम्ममा १ खर्ब रुपैयाँ ऋण प्राप्त गरेको छ, जुन वार्षिक लक्ष्यको २४.३९ प्रतिशत हो । त्यसैगरी वैदेशिक ऋण २ खर्ब ४८ अर्ब २८ करोड रुपैयाँ लिने लक्ष्यमा असोजसम्म २३ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ प्राप्त गरेको भनिएको छ ।


     


२०८३ कात्तिक १४ १५:२७ बजे

प्रतिक्रिया