चिन्दिनँ भन्दै मन्त्रीलाई लाइनमा बस्न लगाउँदा सुरक्षागार्ड नै परे पक्राउ

चिन्दिनँ भन्दै मन्त्रीलाई लाइनमा बस्न लगाउँदा सुरक्षागार्ड नै परे पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १९ १७:५६ बजे
arrested

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस्न लगाएको आरोपमा सुरक्षागार्ड पकउ परेका छन् । मन्त्रीलाई लाइनमा बस्न लगाएको आरोपमा सुरक्षागार्ड शेरजंग गुरुङ पक्राउ परेका हुन् । उनलाई प्रहरीले पक्राउ गरेको  हो । 

 जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरतबहादुर बोहराले गरुण सेक्युरेटीका सुरक्षागार्डलाई अभद्र व्यवहारको गरेको  कसुरमा पक्राउ गरेको हो ।  

शुक्रबार मन्त्री श्रेष्ठ ठमेलस्थित छायाँ सेन्टरमा भिसा आवेदनका लागि पुगेका थिए। बायोमेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षागार्ड गुरुङले लाइनमा बस्न लगाएका थिए।

मन्त्रीका पीएसओले श्रेष्ठ मन्त्री भएको भनेर सम्झाउँदा पनि उनले ‘मन्त्रीसन्त्री चिन्दिनँ’ भन्दै लाइनमा बस्न लगाएको दुव्यर्वहार गरेको आरोप लागेको छ ।

पक्राउ परेका सुरक्षागार्ड गुरुङलाई प्रहरी वृत्त दरबारमार्गमा राखेर अनुसन्धान  थालीएको छ । 

२०७९ भदौ १९ १७:५६ बजे

प्रतिक्रिया