भारतीय स्थल सेनाध्यक्ष काठमाडौंमा

भारतीय स्थल सेनाध्यक्ष काठमाडौंमा

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १९ १७:२५ बजे
मनोज पाण्डे

काठमाडौं । औपचारिक भ्रमणका क्रममा भारतीयस्थल सेनाका अध्यक्ष मनोज पाण्डे नेपाल आइपुगेका छन् । नेपाली सेनाको निमन्त्रणमा पाण्डे आज अपरान्ह नेपाल आइपुगेका हुन् ।

पाण्डेलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापति उपाधि दिन नेपाल बोलाइएको हो । नेपाल र भारतका सेना प्रमुखलाई एक अर्काले मानार्थ प्रधानसेनापतिको उपाधि दिने चलन रहेको छ ।

पाण्डेलाई सोमबार नेपाली सेनाले सैनिक जंगीअड्डामा गार्ड अफ अनर दिँदैछ । त्यसबीचमा प्रधानसेनापति प्रभुराम शर्मा र पाण्डेबीच भेटवार्ता हुनेभएको छ । अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा पाण्डेलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको अवार्ड प्रदान गर्नेछिन् ।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग  भेटवार्ता गर्ने कार्यतालीका रहेको छ। साँझ पशुपतिनाथको दर्शनमा जाने कार्यक्रम छ। बुधबार बिहान मुक्तिनाथ दर्शनामा निस्कने तालिका रहेको छ । सेनाध्यक्ष पाण्डे भदौ २३ गते स्वदेश फर्कनेछन् ।

२०७९ भदौ १९ १७:२५ बजे

प्रतिक्रिया