स्रोत नखुलेको ठुलो रकम सहित सर्लाहिबाट एक पक्राउ

स्रोत नखुलेको ठुलो रकम सहित सर्लाहिबाट एक पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ५ १९:३५ बजे
arrest

काठमाडौं । सर्लाही जिल्लामा १७ लाख ८२ हजार ५ सय नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरीएको छ । जिल्लाको बिष्णु गाँउपालिका १ बारास्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको  सो रकम सहित पक्राउ  गरेको हो  ।

पक्राउ पर्नेमा सोही जिल्लाको बाग्मती नगरपालिका १० बस्ने २३ वर्षिय सुमन विक  रहेको प्रहरीले जनाएको छ ।

प्रदेश ०२–००३–००६ प ३४५१ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका विकलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बाराबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा फेला परेको उक्त   रुपैयाँ फेला परेको हो । 

फेला  परेको  रुपैयाँको स्रोत खुलाउन नसकेपछि उनलाई प्रहरीले  पक्राउ गरेको हो । उनको साथबाट ५ ग्राम २७० मिलिग्राम ब्राउन सुगर, चाँदीको ब्रासलेट १ थान, चाँदीको औँठी १ थान, मोबाइल सेट ३ वटा र उक्त मोटरसाईकल समेत बरामद गरिएको छ। 

२०७९ साउन ५ १९:३५ बजे

प्रतिक्रिया