काठमाडौं महानगरले ७ दिनभित्र कर बुझाउन क्यासिनोलाई दियो अल्टिमेटम

काठमाडौं महानगरले ७ दिनभित्र कर बुझाउन क्यासिनोलाई दियो अल्टिमेटम

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १९ १७:०६ बजे
क्यासिनोलाई अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरभित्रका क्यासिनोहरूलाई ७ दिन भित्र कर  अल्टीमेटम दिएको छ ।  महनागर राजस्व विभागका निर्देशक शिवराज अधिकारीले ७ वटा क्यासिनोलाई एक साताको अल्टिमेटम दिएर कर बुझाउन पत्र काटेका हुन् ।

 पत्रमा भनिएको छ, आर्थिक वर्ष २०७५\ ७६ देखि हालसम्म कर नबुझाएको हुँदा प्रदेश आर्थिक ऐनले तोकेको दररेटमा हालसम्मको बाँकी मनोरञ्जन करको विवरण र सोको नियमानुसार लाग्ने जरिबानासमेत यस पत्र प्राप्त भएको मितिले ७ (सात) दिनभित्र काठमाडौं महानगरपालिका राजस्व विभाग ववरमहलमा बुझाउनुहुन अनुरोध छ । अन्यथा महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकीसरह बाँकी कर असुलउपर गरिने व्यहोरा जानकारीको लागि समेत अनुरोध छ । 

यसअघि पनि महानगरले क्यासिनोलाई मनोरञ्जन कर बुझाउन   गरेको ताकेताको बेवास्ता गरेपछि म्यारियट, अन्नपूर्ण, र्‍याडिसन, हायात, सोल्टी, एलफ्ट र मल्ल होटलका क्यासिनोलाई म्यादसहितको पत्र पठाइएको हो ।


२०७९ भदौ १९ १७:०६ बजे

प्रतिक्रिया