गौरा पर्वमा धामी समाजद्वारा निःशुल्क पानी वितरण

गौरा पर्वमा धामी समाजद्वारा निःशुल्क पानी वितरण

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १९ १६:५४ बजे
रा निःशुल्क पानी वितरण

काठमाडौं। सुदूरपश्चिमेलीहरुले काठमाडौंमा पनि गौरा मनाएका छन्। शनिवार प्रसंसा संरक्षण समूहको आयोजनामा सुदूरपश्चिमेली उपस्थित भएर गौरा मनाएका हुन्। सो अवसरमा सुदूरपश्चिमको चर्चित देउडा खेल समेत प्रदर्शन गरिएको थियो।

कार्यक्रममा देउडा गायक चक्र बम लगायतका कलाकारहरुले समेत आफ्नो प्रस्तुती देखाएका थिए।

सोहि अवसरमा राष्ट्रिय धामि ९क्षेत्री० समाजले सुदूरपश्चिमेलिहरुको महान चाड गौरामा अवसरमा काठमाडौ टुडिखेलमा निःशुल्क पानी वितरण गरेको छ। गैरा अवलोकन गर्न आउनेहरुको सहजताका लागि निःशुल्क पानी वितरण गरिएको हो।

समाजले विगतका बर्षहरुमा समेत गौराको अवसरमा पानी वितरण गर्दै आएको थियो। समाजले सबैको उत्साहपुणर् साथ, सहयोग र हौसलाका लागि समेत आभार प्रकट गरेको छ।

२०७९ भदौ १९ १६:५४ बजे

प्रतिक्रिया