काठमाडौं । भारतले न्यूजील्याण्डविरुद्धको पाँच खेलको टी-२० सिरिजमा विजयी सुरुवात गरेको छ ।क्रिष्टचर्चमा बिहीबार सम्पन्न खेलमा भारतले न्यूजील्याण्डलाई ४ विकेटले पराजित गरेको हो । न्यूजील्याण्डले दिएको २२६ रनको लक्ष्य पछाएको भारतले १९.४ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।
भारतका लागी सन्जु सामसनले सर्वाधिक ६७ रन बनाए भने कप्तान श्रेयस अय्यरले ४२, नमन धीरले अविजित ४२, अभिषेक शर्माले २९ र अक्सर पटेलले २४ रन बनाएका थिए ।
यसअघि पहिला ब्याटिङ गरेको न्यूजील्याण्डले २० ओभरमा ४ विकेट गुमाउँदै २२५ रन बनको थियो । न्यूजील्याण्डका लागि ग्लेन फिलिपले अविजित ८२ रन बनाएका थिए भने फिन एलेनले ४५ रन बनाएका थिए ।
यो जितपछि भारत ५ खेलको सिरिजमा १९० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल शनिवार हुने तालिका छन् ।
प्रतिक्रिया