साताको पहिलो दिन सामान्य अंकले बढ्यो नेप्से

साताको पहिलो दिन सामान्य अंकले बढ्यो नेप्से

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १९ १५:४० बजे
सेयर बजार

काठमाडौं ।  निरन्तर ओरालो यात्रामा रहेको नेप्से साताको पहिलो कारोबारको दिन आज आइतबार भने सामान्य अंकले उकालो लागको छ । आज सेयर बजार परिसुचक नेप्से ६।६८ अंकले उकालो लागको हो । आज नेप्से उकालो लागे सगै  १९७७।३० विन्दुमा पुगको छ । 

आज वर्गको सेन्सेटिभ इन्डेक्स समेत ०।५७ अंकले उकालो लागेका छ समग्रमा ६ अंकले बढेको बजारमा आज जम्मा एक अर्ब ७ करोड १६ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।

कारोबारमा आएका आज होटल तथा पर्यटन, म्यानु एण्ड प्रो, म्युचुअल फन्ड र अन्य समूहको उपसूचक बाहेक बाँकी ९ वटा उपसूचक  बढेका छन् ।  रुरु जलविद्युत कम्पनीको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने सपोर्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा २।८६ प्रतिशतले  ओरालो लागको छ । 

२०७९ भदौ १९ १५:४० बजे

प्रतिक्रिया