मुगुमा पहिलोपटक पाठेघरको सफल शल्यक्रिया

मुगुमा पहिलोपटक पाठेघरको सफल शल्यक्रिया

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १९ १४:१८ बजे
शल्यक्रिया

 काठमाडौं । मुगुमा पहिलोपटक पाठेघरको सफल शल्यक्रिया गरिएको छ ।  जिल्ला अस्पतालमा पाठेघरको सफल शल्यक्रिया गरिएको हो ।

जटिल प्रकारको पाठेघर खस्ने समस्या भई अस्पताल आएकी सोरु गाउँपालिका-६ की ७० वर्षीया मोतीउ रोकायाको विशेषज्ञ डाक्टर सुरेन्द्र शाक्यको नेतृत्वमा खटिएको टोलीले सफल शल्यक्रिया गरेको स्वास्थ्य सेवा व्यवस्थापक उमेश गौतमले  बताएका छन् ।

उक्त शल्यक्रियामा चिकित्सक अर्जुन भाम, स्टाफ नर्स सुनीता वली र  सिनियर अनमी रामदेवी केसीलगायतको चिकित्सक टोलीले  रोकायाको पाठेघरको शल्यक्रिया गरेको  उनले बताएका छन् । 

विगतमा  सामान्य शल्यक्रियादेखि जटिल खालका बिरामी सुर्खेतदेखि नेपालगन्जसम्म जाँदा बिरामीहरूको उपचारमै लाखौँ रकम खर्च हुने गरेको  थियो । तर, अहिले जिल्ला अस्पतालले विशेषज्ञ डाक्टर पाएपछि सहुलियत शुल्कमै बिरामीले सेवा लिई रहेका छन् । 

२०७९ भदौ १९ १४:१८ बजे

प्रतिक्रिया