जवराको तेश्रो दिनको वयानः रञ्जन कोइरालाको मुद्दाको फैसलामा प्रायश्चित भएको छ

जवराको तेश्रो दिनको वयानः रञ्जन कोइरालाको मुद्दाको फैसलामा प्रायश्चित भएको छ

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १९ १४:०२ बजे
प्रधानन्याायधीश चोलेन्द्रशमशेर जबरा

काठमाडौं। महाभियोग सिफरिस समितिको तेश्रो दिनको बैठक सकिएको छ । निलम्बित प्रधानन्याायधीश चोलेन्द्रशमशेर जबरालाई आईतबार बिभिन्न ५ बटा प्रश्न सोधेर बैठक स्थगित भएको हो। अर्को बैठक २६ गते बस्ने छ ।

आजको वयानका क्रममा जबराले रञ्जन कोइरालाको मुद्दा फैसलामा प्रायश्चित गरेको बताएका छन् । यसैका कारण महाअभियोग लगाइएको हो भने जनतासमक्ष माफी माग्ने बताए । सो मुद्दामा आफुले विवेक प्रयोग गरेको समेत जबराको भनाइ छ।

जबराले भने, ‘त्यसमा गल्ती भयो विवेक प्रयोग गर्दा भने जनता समक्ष क्षमा चाहन्छु, मलाई प्रायश्चित भएको छ।’

श्रीमतीको निर्ममतापूर्वक हत्या गरेको अभियोग लागेका कोइरालालाई तोकिएको २० वर्ष सजायँमा जबराले ८ वर्षमा झारेका थिए । यसमा न्यायाधीशलाई विवेक प्रयोग गर्ने अधिकार भएकाले त्यसलाई प्रयोग गरेको उनको भनाइ छ ।

रञ्जन कोइरालालाई कम सजाय गरियो भन्नु शतप्रतिशत गलत भएको उनी बताउँछन् । कर्तव्य ज्यान गरेको भन्ने नै सदर गरेको भन्दै उनले भने, ‘जन्मकैद मुलुकी व्यवस्था अनुसार सजायमा विवेक प्रयोग गर्ने अधिकारको प्रयोग भएको हो ।’

२०७९ भदौ १९ १४:०२ बजे

प्रतिक्रिया