आठ महिनामा नेपाल भित्रिए ३ लाख २६ हजार पर्यटक

आठ महिनामा नेपाल भित्रिए ३ लाख २६ हजार पर्यटक

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १९ १३:५६ बजे
पर्यटक

काठमाडौं । पछिल्लो ८ महिनामा नेपालमा विभिन्न देशबाट ३ लाख २६ हजारभन्दा बढी पर्यटक आएका छन्। सन् २०२२ को जनवरीदेखि अगष्टसम्मको अवधिमा ती पर्यटक नेपाल आएका अध्यागमन विभागले जनाएको छ । यो अवधिमा ३ लाख २६ हजार ६६७ जना पर्यटक नेपाल घुम्न आएका हुन् ।

कोरोना महामारी फैलिएसँगै नेपालमा पर्यटकको आवागमन रोकिएको थियो । कोरोना खोपको विकास र अधिकांश देशले कोरोनाबाट बच्न लगाएको लकडाउन हटाएपछि नेपालमा पर्यटक आउन पुनः सुरु गरेका हुन् । कोराना महामारीका कारण पर्यटन व्यवसायीहरु भने मारमाने परेका थिए । यसरी नेपाल आृने पर्यटकको संख्या बढ्दै गएकाले फेरी पनि पर्यटन व्यवसाय फस्टाउन थालेका छन् ।

नेपालमा पनि कोरोना महामारीको वेलामा लगाएको लकडाउनले गर्दा त नेपालको पर्यटन व्यवसाय माथी नआउने हो की भन्ने चिन्ता पनि बढ्न थालेको थियो । विश्व व्यापी कोरोना महामारीले नेपालको पर्यटनमा मात्रै नभएर विदेश जाने श्रमीकहरुमा पनि ठुलो असर पारेको थियो । त्यस माथी पनि नेपाल रेमिटान्सको भरमा चलेको देश ।

विभागका अनुसार गत जनवरीमा १६ हजार ९७५ जना पर्यटक नेपाल आएका थिए भने १७ हजार ९८४ जना नेपालबाट फर्केका थिए । फेव्रुअरी महिनामा नेपाल आउने पर्यटकको संख्या १९ हजार ७६६ र फर्कनेको संख्या १७ हजार ३०८ रहेको थियो ।

यस्तै, अप्रिलमा ६१ हजार ५८९ जना पर्यटक नेपाल आएका थिए भने ५२ हजार ९९७ जना नेपालबाट स्वदेश फर्केका थिए । मार्च महिनामा ४२ हजार ६ जना पर्यटक नेपाल भित्रिएका थिए । सोही महिना नेपालबाट ३४ हजार ३६ जना पर्यटक फर्केका थिए ।

गत जुन महिनामा नेपाल आउने पर्यटकको संख्या ४६ हजार ९५७ र फर्कनेको संख्या ४७ हजार ८९३ रहेको थियो । मे महिनामा ५३ हजार ६०८ पर्यटक नेपाल आएका थिए भने ६१ हजार ३५० जना पर्यटक फर्केका थिए ।

विभागका अनुसार जुलाई महिनामा ४४ हजार ४६२ जना पर्यटक नेपाल भित्रिएका थिए । सोही महिना ४५ हजार ९२० जना पर्यटक नेपालबाट फर्केका थिए । अगष्ट महिनामा ४१ हजार ३०४ जना पर्यटक नेपाल घुम्न आएको विभागले जनाएको छ । अगष्ट महिनामा नेपाल घुमेर ४३ हजार २४९ जना पर्यटक फर्केका छन् ।

२०७९ भदौ १९ १३:५६ बजे

प्रतिक्रिया