बाररामा ७० केजी गाँजासहित दुई जना पक्राउ

बाररामा ७० केजी गाँजासहित दुई जना पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १९ १३:२१ बजे
arrest

काठमाडौं । बारामा प्रहरीले गाँजासहित दुई जना पक्राउ गरेको छ ।  बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ बाट करिव ७० केजी अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको हो । 

 प्रहरीका अनुसार पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका–७ बिजौना बस्ने ३५ वर्षीय सुन बहादुर थिंग र सोही गाउँपालिका–१ चकरी बस्ने २० वर्षीय सुभाष लामा रहेका छन् । उनीहरुलाई आइतबार बिहान पक्राउ गरीएको हो। 

हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश ३–०१–००३ क ६९०६ नम्बरको मिनीट्रकलाई इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ट्रकमा लुकाई ल्याएको उक्त गाँजा फेला  परेको हो।

२०७९ भदौ १९ १३:२१ बजे

प्रतिक्रिया