नेप्सेमा २०.४८ अङ्कको गिरावट, ३ अर्ब २७ करोडको कारोबार

bimbonline बिम्ब अनलाइन
२०८३ असोज १९ १७:०४ बजे

काठमाडौं । नेप्सेमा आज गिरावट आएको छ । आज सोमबार नेप्से २०.४८ अङ्कले घटेर २५६६.७६ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३५९ कम्पनिका ९० लाख ३ हजार ३८८ कित्ता शेयर ३ अर्ब २७ करोड ९५  लाख ९ हजार ८३६ मा कारोबार भएको थियो । आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मूल्य घटेको छ ।

आज, सबैभन्दा बढी स्ट्यान्डर्ड चार्टर्ड बैङ्क डिभेन्चरको शेयर ५.७५ प्रतिशतले बढेको छ भने नेपाल एसबिआई बैङ्क डिभेन्चरको शेयर ४.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी त्रिशुली जलविद्युतको शेयर ५.८४ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी घलेम्डि हाइड्रोको २२ करोड ८६ लाख बराबरको कारोबार भएको छ भने हाथवे इन्भेस्टमेन्टको ८ करोड ४९ लाख बराबरको कारोबार भएको छ ।


२०८३ असोज १९ १७:०४ बजे

प्रतिक्रिया