पाटन। बैतडीमा १० वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक ट्याक्टर चालकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा २३ वर्षीय राकेश साउद रहेको प्रहरीले जनाएको छ। बालिकाका बुवाले दिएको जाहेरीका आधारमा साउदलाई बिहीबार पक्राउ गरिएको हो।
प्रहरीका अनुसार बालिकामाथि बुधबार यौन दुर्व्यवहार भएको भन्दै जाहेरी परेको थियो। घटनासम्बन्धी मुद्दा दर्ता गरी साउदलाई अदालतबाट म्याद थप गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
पीडित बालिका कक्षा ४ मा अध्ययनरत रहेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया