निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको तेस्रो दिनको बयान जारी

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको तेस्रो दिनको बयान जारी

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १९ १२:१७ बजे
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर

काठमाडौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तेस्रो दिनको बयान जारी रहेको छ। 

प्रतिनिधि सभाको महाभियोग सिफारिश समितिमा उनको  तेस्रो दिनको  वयान चलीरहेको छ। भदौ १५ र १६ गते महाभियोग सिफारिश समितिमा चोलेन्द्रले बयान दिइसकेका छन् । 

समितिको सभापतित्व गरिरहेका कांग्रेस नेता रामबहादुर विष्टका अनुसार समितिले तयार गरेका ४३ मध्ये ६ वटा प्रश्नको जवाफ दिएका छन् । 

आइतवार सातौं प्रश्नबाट बयान शुरू भएको छ । चोलेन्द्रविरुद्ध गत फागुन १ गते महाभियोग प्रस्ताव दर्ता भएको थियो । ६ महिना देखि महाभियोग सामना गरिरहेका चोलेन्द्रले महाभियोग प्रस्ताव निष्कृय भइसकेको दावी गरेका छन् । 

२०७९ भदौ १९ १२:१७ बजे

प्रतिक्रिया