गुलरिया। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको वर्दिया जिल्लाको गुलरिया नगर भेला आज २०८३ असोज २ गते सम्पन्न भएको छ।
भेलालाई सम्बोधन गर्न पार्टीका केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला ईन्चार्ज बिपिन क्षेत्रीको प्रमुख उपस्थितमा कार्यक्रम भएको थियो। भेलाले दिलिपको अध्यक्षतामा १५ जनाको नगर समिति निर्वाचित गरेको विपिन रोकायाले वताएका छन।
भेलाको अध्यक्षता दिपक बिष्ट सञ्चालन बर्दिया जिल्ला पार्टी संयोजक बिनय रानाले गरेको वताइन्छ। भेलामा क्रान्तिकारी थारूवान मोर्चाका ब्युरो संयोजक विशाल थारू महिला जिल्ला संयोजक छाँया श्रेष्ठ उपस्थित रहेको वताएका छन।
प्रतिक्रिया