कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १७ १७:३७ बजे

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।  शुक्रबार अपरान्ह बसेको बोर्ड बैठकले नतीजा प्रकाशन गरेको हो ।

गत जेठ १५-२५ मा सञ्चालन भएको कक्षा १२ को परीक्षामा ४ लाख १० हजार ५० परीक्षार्थी सहभागी भएका थिए ।

यसपटक पास हुन प्रयोगात्मकमा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशतभन्दा बढी अंक ल्याउनुपर्ने बोर्डले जनाएको छ । त्योभन्दा कम ल्याउनेले पुनः परीक्षा दिनुपर्नेछ ।यसपटक ननग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशन गरिएको छ । परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट रिजल्ट हेर्न सकिनेछ ।

२०७९ भदौ १७ १७:३७ बजे

प्रतिक्रिया