यो सडक मेरो हो
म यहीँ जन्माउँछु मेरो सपना
बाटोलाई बेड
र, ढुंगालाई औजार बनाउँछु।
यही धारिलो ढुंगाले
छुट्याउँछु तिम्रो नाभि
तिम्रो च्याँ च्याँ
एकदिन,
बुलन्द नारा बन्ने छ।
बाबू।
एकदिन बुझ्ने छौ
माटोभन्दा ठूलो अस्पताल अर्को हुन्न।
आकाशभन्दा ठूलो छानो अर्को हुन्न।।
घाम र हावाभन्दा ठूलो खाना अर्को हुन्न।
बाबु
पैसा नभएर सडकपेटीमा जन्माएको हुँ।
म आमा हुँ
पैसाभन्दा ठूलो आमा हुन्छ बाबु
कर्पोरेट दुनियाँ यो बुझ्दैन
तर तिमीले बुझ्नू है बाबु ।
प्रतिक्रिया